काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान विशिष्ट परिस्थितिमा संयमित र एकताबद्ध भएर अगाडि बढ्न आवश्यक रहेको बताएकी छन्। माघी पर्वको अवसरमा थारु कल्याणकारिणी सभाले बिहीबार काठमाडौँको टुँडिखेलमा आयोजना गरेको माघी महोत्सवमा प्रधानमन्त्री कार्कीले मौलिक चाडपर्वहरूले आपसी सम्मान, एकता, सद्भाव र सहअस्तित्व कायम गर्न सहयोग गर्ने बताएका हुन्।
प्रधानमन्त्री कार्कीले सांस्कृतिक पर्वहरूको मर्म आत्मसात् गर्दै समाजमा शान्ति, सहानुभूति, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सरकार, समुदाय र नागरिक सबैले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिइन्। उनले थारु समुदायको मौलिक संस्कृति, भाषा र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा सरकार सदैव प्रतिबद्ध रहेको पनि बताइन्।



















