आइतबार, माघ ०४, २०८२
आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७८ पैसा कायम गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ७४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ४४ पैसा तोकिएको छ भने युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३३ पैसा कायम गरिएको छ । स्वीस फ्रयाङ्क एकको खरिददर १८० रुपैयाँ ०७ पैसा र बिक्रीदर १८० रुपैयाँ ८२ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १०४ रुपैयाँ १७ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११२ रुपैयाँ र बिक्रीदर ११२ रुपैयाँ ४७ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ १० पैसा र बिक्रीदर ९ रुपैयाँ १३ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ६९ पैसा र बिक्रीदर २० रुपैयाँ ७८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६० पैसा तथा कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ६१ पैसा कायम गरिएको छ ।

यसैगरी, थाइ भाट एकको खरिददर ४ रुपैयाँ ६० पैसा र बिक्रीदर ४ रुपैयाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ २५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७१ पैसा तोकिएको छ । साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८२ पैसा र बिक्रीदर ९ रुपैयाँ ८६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६८ पैसा र बिक्रीदर १५ रुपैयाँ ७५ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ४५ पैसा र बिक्रीदर २२ रुपैयाँ ५४ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकका अनुसार हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४९ पैसा र बिक्रीदर १८ रुपैयाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर ४७१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ४७३ रुपैयाँ ४५ पैसा, बहराइन दिनार एकको खरिददर ३८२ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ०२ पैसा तथा ओमनी रियाल एकको खरिददर ३७४ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ०७ पैसा रहेको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

केन्द्रीय बैंकले आवश्यकताअनुसार यी विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ । साथै, वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर फरक हुन सक्ने र अद्यावधिक दर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने जानकारी दिएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय