बिहिबार, बैशाख १७, २०८३
आईसीसी टी–२० विश्वकपका लागि नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौं । आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटका लागि सहभागी हुन जाने नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार एक कार्यक्रम आयोजना गरी टोलीको औपचारिक बिदाइ गरेको हो ।

विश्वकपअघि श्रीलंका र भारतमा अभ्यास शृंखला खेल्ने कार्यक्रम रहेकाले टोलीलाई आजै बिदाइ गरिएको क्यानले जनाएको छ । नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गर्नेछ ।

बिदाइ कार्यक्रममा बोल्दै क्यानका सचिव पारस खड्काले नेपाली टोलीलाई विश्वकपका लागि सफलताको शुभकामना व्यक्त गरे ।

विश्वकपको समूह चरणमा नेपालले इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटलीसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ । त्यसअघि नेपाली टोलीले श्रीलंकामा श्रीलंका ‘ए’ टोलीसँग र भारतमा मुम्बईको एमसीए प्रेसिडेन्ट ११ सँग अभ्यास खेल खेल्नेछ ।

विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा यसअघि नै भइसकेको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय