सोमबार, बैशाख ०७, २०८३
निर्वाचन आचारसंहिता आज रातिदेखि लागू हुँदै

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज मध्यरातदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू हुने भएको छ।

निर्वाचन आयोगको आज बसेको बैठकले उक्त निर्णय गरेको सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए। निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी, मितव्ययी तथा भयमुक्त वातावरणमा सम्पन्न गराउन निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ बमोजिम अधिकार प्रयोग गरी आचारसंहिता लागू गरिएको उनले बताए। आचारसंहिता सम्बन्धी जानकारी आजै आयोगका पदाधिकारीहरूले मन्त्रिपरिषद्का सदस्य तथा उच्चपदस्थ सरकारी कर्मचारीलाई गराउने कार्यक्रम रहेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय