काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आशिका तामाङलाई प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि टिकट दिएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रास्वपाले तामाङलाई उम्मेदवार बनाएको हो।
तामाङ धादिङ जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट चुनावी प्रतिस्पर्धामा उत्रिन लागेकी हुन्। रास्वपाले उक्त क्षेत्रमा उनको उम्मेदवारी तय गरेको जनाएको छ।



















