काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराउनु भएको छ ।
सोही निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट बालेन्द्र शाहले पनि मनोनयन दर्ता गराइसक्नु भएको छ ।
दुवै नेतालाई आ–आफ्नो दलले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको अवस्थामा झापा–५ मा हुने ओली र बालेनबीचको चुनावी प्रतिस्पर्धालाई निकै चासोका साथ हेरिएको छ ।



















