सोमबार, बैशाख ०७, २०८३
नयाँ प्रधानमन्त्रीका लागि नयाँ नेताको सहकार्य आवश्यक : महावीर पुन

काठमाडौँ । निवर्तमान शिक्षामन्त्री महावीर पुनले देशमा नयाँ प्रधानमन्त्री बन्नका लागि नयाँ नेताहरूबीच सहकार्य आवश्यक रहेको बताएका छन्।

आज सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उहाँले नयाँ नेताहरू एकजुट नभएसम्म नयाँ व्यक्तिले प्रधानमन्त्री बन्न नसक्ने स्पष्ट पार्नुभएको हो।

रातारात मन्त्री पदबाट राजीनामा दिएर म्याग्दी पुगेका पुनले प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन्।

उहाँले परिवर्तनका लागि नयाँ सोच र नयाँ नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै नयाँ नेताले नयाँ व्यक्तिलाई समर्थन गर्नुपर्नेमा जोड दिनुभएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय