आइतबार, फाल्गुण ०३, २०८२
पश्चिमी वायुको प्रभाव: पहाडी–हिमाली भूभागमा बादल, केही स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशसहित गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्यतया बादल लागेको छ। सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ, जबकि बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो उच्च पहाडी तथा हिमाली भूभागमा सामान्यतया बादल लाग्ने, बाँकी भूभागमा आंशिक बादल रहने अपेक्षा छ। उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का हिमपात वा वर्षा हुन सक्ने सम्भावना महाशाखाले जनाएको छ।

गण्डकी र कर्णाली प्रदेशका बाँकी भूभागका केही स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति पनि पहाडी तथा हिमाली भूभागमा सामान्यतया बादल रहनेछ, बाँकी भूभागमा आंशिक बादल रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात वा वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएका छन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय