काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५ हजार २०० रुपैयाँले वृद्धि भई ३ लाख ९ हजार रुपैयाँ पुगेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि २७५ रुपैयाँले बढेर प्रतितोला ६ हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको छ।



















