काठमाडौं । नेकपा माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटीका तत्कालीन अध्यक्ष राजेश लामा नेकपा एमालेमा प्रवेश गरेका छन्।
आज दिउँसो भक्तपुरको गुण्डुस्थित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले पार्टीको झन्डा, नेपालको राष्ट्रिय झन्डा तथा खादा ओढाएर लामालाई पार्टी प्रवेश गराएका हुन्।
पार्टी प्रवेशपछि राजेश लामाले एमालेमा आबद्ध हुन केही ढिला भएको महसुस व्यक्त गरे। लामासँगै काठमाडौँ जिल्ला कमिटीका सदस्य विष्णु जोशी पनि नेकपा एमालेमा प्रवेश गरेका छन्।



















