काभ्रे। काभ्रे क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवार जीवन लामा पछिल्लो समय जनतामाझ चर्चाको केन्द्रमा छन्। युवा नेतृत्व, स्पष्ट भिजन र सामाजिक सेवामा सक्रियताका कारण उनी काभ्रेली मतदाताको रोजाइ बन्दै गएका छन्।
पुरानो पुस्ताको राजनीतिबाट वाक्क भएका मतदाताका लागि जीवन लामा एक नयाँ सोच र ऊर्जावान विकल्पका रूपमा देखिएका छन्। “पुरानो राजनीति फालेर नयाँ सोच” भन्ने नारासहित विकासको ठोस एजेन्डा अघि सारेका लामाप्रति विशेषगरी युवाहरूको भरोसा बढ्दै गएको छ।
काभ्रे जिल्लाका १३५ वटै वडाका स्थानीय समस्या—सडक, खानेपानी, शिक्षा र स्वास्थ्य—प्रति उनको गहिरो बुझाइ र समाधानमुखी योजना रहेको समर्थकहरू बताउँछन्। स्थानीय आवश्यकता अनुसार विकास गर्न सक्ने क्षमताका कारण उनी फरक देखिएका छन्।
प्राकृतिक विपद्का समयमा सरकारी संयन्त्र पुग्नुअघि नै जनताको घरदैलोमा पुगेर उद्धार र राहतमा सक्रिय रहँदै आएका लामा ‘विपद्मा सारथि’ का रूपमा समेत चिनिन्छन्। यही व्यवहारले उनलाई जनताको अझ नजिक पुर्याएको छ।
देशको विकास भाषणमा मात्र सीमित नभई व्यवहारमै उतार्नुपर्ने उनको धारणा छ। समृद्ध नेपालको लक्ष्यसहित आर्थिक क्रान्ति र पूर्वाधार विकासमा युवाको प्रत्यक्ष संलग्नता आवश्यक रहेको उनको जोड छ।
राजनीतिलाई कमाउने माध्यम होइन, सेवाको बाटो बनाउने प्रतिबद्धताका कारण जीवन लामा काभ्रेली जनतामाझ आशाको किरणका रूपमा उदाएका छन्।























