सोमबार, बैशाख ०७, २०८३
सरकारले तीन दिनसम्म राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने निर्णय

काठमाडौँ । सरकारले यस वर्ष तीन दिनसम्म राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ।

२००७ साल फागुन ७ गते राणा शासनको अन्त्य भई पहिलोपटक प्रजातन्त्र स्थापना भएको स्मरणमा आउँदो फागुन ६, ७ र ८ गते देशभर तथा विदेशस्थित नेपाली दूतावास, कूटनीतिक नियोग र वाणिज्य दूतावासहरूमा विभिन्न कार्यक्रम आयोजना गरिनेछ।

मूल समारोहको कार्यक्रम काठमाडौँको सैनिक मञ्च, टुंडिखेलमा हुनेछ। यसैसँगै मूल समारोह समिति पनि गठन गरिएको छ। समितिको अध्यक्ष प्रधानमन्त्री रहनेछन् भने सदस्यमा नेपाल सरकारका मन्त्रीहरू, काठमाडौं उपत्यकाका सबै नगरपालिकाका प्रमुखहरू, मुख्य सचिव, प्रधान सेनापति, नेपाल सरकारका सचिवहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू रहनेछन्। गृह मन्त्रालयका सचिव मूल समारोह समितिका सदस्य–सचिव नियुक्त छन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय