शनिबार, माघ २४, २०८२
चीनको युनान युथसँग खेल्ने महिला यू–२० टोली घोषणा

काठमाडाैं । चीनको युनान यूथ महिला टोलीसँग हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली महिला यू–२० टोली घोषणा गरिएको छ।

मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले आज २३ सदस्यीय अन्तिम टोली सार्वजनिक गरेका हुन्। उक्त मैत्रीपूर्ण खेल माघ १७ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुनेछ।

प्रारम्भिक प्रशिक्षण चरणमा बोलाइएका ३० खेलाडीमध्ये ७ जना बाहिरिएपछि अन्तिम २३ सदस्यीय टोली तय गरिएको हो।

अखिल नेपाल फुटबल संघ (एन्फा), युनान विश्वविद्यालयको शारीरिक शिक्षा संकाय तथा नेपाल ओभरसिज चिनियाँ संघको संयुक्त आयोजनामा, नेपालस्थित चिनियाँ राजदूतावास र राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा खेल हुन लागेको हो।

घोषित नेपाली यू–२० महिला टोलीमा अमिता भुल, अनिशा राई, अस्मिता गुरुङ, भावना परियार, बिर्सना चौधरी, गंगा रोकाया, झुमा विश्वकर्मा, कविता गुरुङ, करुणा बुढाथोकी, कुसुम खतिवडा, लिला जोशी, मीना देउबा, पुनम चेम्जोङ, पूर्णिमा राई, सजिना स्याङतान, समिक्षा मगर, संगीता अधिकारी, सानिमा माया लो, सरिता कुमारी नाथ, सेमिहाङ लिम्बु पन्धाक, सिम्रन राई, सुजाता तामाङ र सुक्रिया मिया रहेका छन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय