सोमबार, बैशाख ०७, २०८३
स्थानीय सुनचाँदीको मूल्य नयाँ कीर्तिमानमा, सुन तोला ३,३९,३०० रुपैयाँमा बिक्री

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले नयाँ कीर्तिमान बनाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख ३९ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य सात हजार ५०५ रुपैयाँ कायम भएको छ।

गत बुधबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य सात हजार ३०० रुपैयाँ थियो भने मङ्गलबार सुनको मूल्य तीन लाख ९ हजार ३०० र चाँदीको मूल्य छ हजार ८७० रुपैयाँ थियो।

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन ५ हजार ५६० अमेरिकी डलर र त्यति नै परिमाणको सेतो धातु १२० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय