सोमबार, बैशाख ०७, २०८३
सिराहामा खेतमै गोली हानी हत्या, ४१ वर्षीय पुरुषको मृत्यु

काठमाडौँ । सिराहामा गोली प्रहारबाट एक पुरुषको हत्या भएको छ । शुक्रबार दिउँसो करिब साढे ३ बजे सिराहा नगरपालिका–७ स्थित आफ्नै खेतबारीमा ४१ वर्षीय प्रेमनाथ यादवमाथि गोली प्रहार भएको हो ।

घटनामा गम्भीर घाइते भएका यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी उपरीक्षक (एसपी) बासुदेव पाठकको कमाण्डमा खटिएको टोलीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ ।

हत्याको कारण र संलग्न व्यक्तिको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय