काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार रहेका बालेन्द्र शाह (बालेन) को चुनावी प्रचारमा सहभागी चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ।
ग्राण्डी अस्पतालका अनुसार उनको आइतबार दिउँसो १२:४५ बजे निधन भएको हो। चलचित्र पत्रकार सङ्घ नेपालका निवर्तमान अध्यक्ष सिटौलाको उमेर ४५ वर्ष थियो।
बालेनको चुनावी प्रचारका क्रममा अछाम पुगेका बेला सिटौलाले अचानक बेहोस भएर ढलेपछि उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याई ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो।
अन्तिम श्रद्धाञ्जलीका लागि स्व. सिटौलाको शव आज दिउँसो २:३० देखि ३:०० बजेसम्म चलचित्र विकास बोर्डमा राखिनेछ। उनी ‘फिल्म अनलाइन’ र ‘द सिनेमा टाइम्स’ का सञ्चालक पनि थिए।




















