शनिबार, माघ २४, २०८२
पहिरो हटाएसँगै बीपी राजमार्ग खुल्यो

काभ्रे । भकुण्डे–मंगलटार खण्डको नमोबुद्ध ४ एक नम्बर पुलछेउमा सुक्खा पहिरो झरेपछि रोकिएको बीपी राजमार्ग खुलेको छ ।

बीपी राजर्मागअन्तर्गतको सो खण्डमा आइतबार साँझ साढे ७ बजेबाट सुक्खा पहिरो झर्न थालेको थियो । सुख्खा पहिरो हटाएसँगै बीपी राजमार्ग खुलेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रबिन बिष्टले जानकारी दिए ।

यसअघि पहिरो झर्न थालेपछि राजमार्गमा दुईतर्फी यातायात सञ्चालनमा रोक लगाइएको थियो । पहिरो रोकिने बित्तिकै एस्काभेटर प्रयोग गरी माटो पन्छाएर राजमार्ग खुलाउने प्रयास भएको थियो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय