सोमबार, बैशाख ०७, २०८३
रास्वपा, नेकपा उम्मेदवारसहित ९ जनालाई निर्वाचन आयोगको चेतावनीपूर्ण स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनाहरू बढ्दै गएपछि निर्वाचन आयोग कडा रूपमा प्रस्तुत भएको छ।

आयोगले आइतबार र सोमबार गरी थप नौ जनासँग स्पष्टीकरण सोध्दै हालसम्म २९ जनालाई कारबाहीको दायरामा ल्याएको छ।

आयोगका अनुसार बाजुराका रास्वपा उम्मेदवार हेमराज थापाले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँविरुद्ध अपमानजनक, धम्कीपूर्ण तथा आचारसंहिता विपरीत अभिव्यक्ति दिएको उजुरी प्राप्त भएको छ। साथै निर्वाचन खर्च र आर्थिक स्रोत सङ्कलनसम्बन्धी मापदण्ड पालना भए–नभएको विषयमा समेत स्पष्ट जवाफ मागिएको छ।

यसैबीच झापा क्षेत्र नम्बर–५ का उम्मेदवार बालेन्द्र शाहसँग सादा पोसाकका प्रहरी प्रयोग गरी प्रचार गरिएको विषयमा दोस्रोपटक स्पष्टीकरण सोधिएको छ।  निर्वाचन चिह्न दुरुपयोगको आरोपमा नेकपा र उम्मेदवार माधव सापकोटा पनि आयोगको निगरानीमा परेका छन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय