काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोपमा थप नौ जनालाई स्पष्टीकरण सोधेको छ।
यससँगै आयोगले हालसम्म २९ जनासँग स्पष्टीकरण माग गरिसकेको छ, जसमध्ये १४ वटाको जवाफ प्राप्त भएको छ।
आयोगका अनुसार बाजुराका रास्वपा उम्मेदवार हेमराज थापाले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँविरुद्ध अपमानजनक र धम्कीपूर्ण अभिव्यक्ति दिएको उजुरी आएको छ। यस्तै झापाका उम्मेदवार बालेन्द्र शाहसँग सादा पोसाकका प्रहरी प्रयोग गरी भोट मागिएको विषयमा दोस्रोपटक स्पष्टीकरण सोधिएको छ।
सिन्धुपाल्चोकमा निर्वाचन चिह्न पेन्ट गरेको आरोपमा नेकपा र उम्मेदवार माधव सापकोटासँग पनि आयोगले जवाफ मागेको छ।



















