सोमबार, बैशाख ०७, २०८३
प्रभावकारी आर्थिक कूटनीति सञ्चालन गर्न राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रभावकारी आर्थिक कूटनीति सञ्चालन गर्न आग्रह गर्नुभएको छ ।

जापानको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति पौडेलले सोमबार टोकियोस्थित नेपाली राजदूतावासको अवलोकनका क्रममा नेपाल–जापान सम्बन्ध ऐतिहासिक, विश्वासमा आधारित र बहुआयामिक रहेको उल्लेख गर्नुभयो। उहाँले राजनीतिक, आर्थिक, विकास साझेदारी, शिक्षा, प्रविधि तथा मानव संसाधन विकासका क्षेत्रमा सहकार्य विस्तार गर्न थप सक्रिय कूटनीति आवश्यक रहेकोमा जोड दिनुभयो।

विदेशस्थित नेपाली नियोगहरू नेपाल सरकारका विस्तारित अङ्ग भएकाले सेवा प्रवाह सरल, पारदर्शी र समयबद्ध हुनुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो।

“यहाँका सरकारी निकाय, निजी क्षेत्र तथा शैक्षिक संस्थासँग निरन्तर संवाद र सहकार्य विस्तार गर्न विशेष ध्यान दिनुपर्छ,” राष्ट्रपति पौडेलले भन्नुभयो, “नेपालमा वैदेशिक लगानी भित्र्याउन राजदूतावासको भूमिका अत्यन्त महत्वपूर्ण छ। पर्यटन, जलविद्युत्, सूचना प्रविधि, कृषि तथा पूर्वाधार विकासका सम्भावनाहरू जापानी लगानीकर्तामाझ प्रभावकारी रूपमा प्रस्तुत गर्दै आर्थिक कूटनीति सशक्त रूपमा सञ्चालन गर्न आग्रह गर्दछु।”

सिफारिस

ताजा समाचार

लोकप्रिय