काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले युवाहरूलाई आफूले सिकेको ज्ञान र अनुभव नयाँ पुस्तामा बाँड्न आग्रह गर्नुभएको छ।
एनसीसी सिनियर डिभिजन तालिमको दीक्षान्त समारोहमा उहाँले क्याडेटहरूलाई अनुशासन, नेतृत्वकला र राष्ट्रप्रेम व्यवहारमा उतार्न निर्देशन दिनुभयो।
विपद् र संकटको घडीमा युवाले समाजको भरोसा बन्न अग्रपंक्तिमा उभिनुपर्ने भन्दै प्रधानमन्त्रीले राष्ट्रिय सेवा दलको तालिम आगामी वर्षहरूमा अझ विस्तार गरिने बताउनुभयो।



















