शनिबार, माघ २४, २०८२
८ अर्ब ६३ करोडको कारोबार हुँदा नेप्से १२.५८ अङ्कले ओरालो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा आज लगानीकर्ताको मनोबल कमजोर देखिएको छ।

नेप्से परिसूचक १२ दशमलव ५८ अङ्कले घट्दै २६८३ दशमलव १५ बिन्दुमा सीमित भएको छ।

आजको कारोबारमा ३२२ कम्पनीका शेयर किनबेच हुँदा आठ अर्ब ६३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र म्युचुअल फन्ड समूहमा हरियाली देखिए पनि बैंकिङ, जलविद्युत्, बीमा र लघुवित्तसहित अधिकांश समूह घटेका छन्।

व्यक्तिगत कम्पनीतर्फ कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सान्भी इनर्जी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै घटेको छ। कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल लिमिटेड अगाडि रहेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय