सोमबार, बैशाख ०७, २०८३
एनआईसी एसिया बैंकले सातै प्रदेशका जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण सुरु

एनआईसी एसिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सातै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत गरिब, विपन्न, पिछडिएका वर्ग र अपाङ्गता भएका जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गर्न थालेको छ।

बैंकले काठमाडौं उपत्यका बाहिरको सरकारी तथा सामुदायिक विद्यालयका कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूबाट प्राप्त आवेदनका आधारमा ७५ जना योग्य विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।

सातै प्रदेशका सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको प्रतिनिधित्व सुनिश्चित गर्दै बैंकले छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको थियो। विगतमा पनि बैंकले जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराउनेका साथै विभिन्न विद्यालयमा पुस्तकालय भवन निर्माण गरी पुस्तकालय स्थापना गरिसकेको छ।

बैंकले विश्वास लिएको छ कि यस छात्रवृत्तिले गरिब, विपन्न, पिछडिएका वर्ग र अपाङ्गता भएका विद्यार्थीहरूको शैक्षिक गुणस्तर वृद्धि गर्न, व्यक्तित्व विकासमा सहयोग पुग्न र अध्ययनलाई निरन्तरता दिन प्रेरित गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।

सिफारिस

ताजा समाचार

लोकप्रिय