काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले कुनै पनि परिस्थितिमा निर्वाचन सम्पन्न गराउने सरकारको प्रतिबद्धता दोहोर्याउनुभएको छ।
हिमाली जिल्लामा मौसम अनुकूल नभएमा दोस्रो चरणमा निर्वाचन गरिने उल्लेख गर्दै उहाँले कम मतदाता भएका ठाउँमा सवारीसाधनको प्रयोग गरेर भए पनि मतदान गराइने बताउनुभयो।
प्रधानमन्त्री कार्कीले अहिलेसम्म निर्वाचन सार्ने विषय नआएकाले सबैलाई ढुक्क भएर फागुन २१ गतेको निर्वाचनमा सहभागी हुन आग्रह गर्दै समयमै निर्वाचन सम्पन्न भई देश नयाँ दिशातर्फ अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो।



















