सोमबार, बैशाख ०७, २०८३
बिमाको रकम नपाउँदा सेवा बन्दको चेतावनीपछि सरकार सक्रिय

काठमाडौँ । देशभरका अस्पतालहरूले स्वास्थ्य बिमाबापतको रकम नपाउँदा सेवा बन्द गर्ने चेतावनी दिएपछि प्रधानमन्त्री सुशीला कार्की सक्रिय हुनुभएको छ ।

समस्या समाधानका लागि आज अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवालासँग बैठक आयोजना गरिएको छ ।

स्वास्थ्य सेवा प्रदायकहरूले लामो समयदेखि भुक्तानी नपाउँदा सेवा प्रवाहमा कठिनाइ भइरहेको बताएका छन् ।

स्वास्थ्य बिमा बोर्डले १० अर्ब रुपैयाँभन्दा बढी भुक्तानी बाँकी रहेको जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय