सोमबार, बैशाख ०७, २०८३
प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि नेपाली सेना परिचालन

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको शान्ति सुरक्षालाई मजबुत बनाउन आजदेखि नेपाली सेना परिचालन गरिएको छ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउन तयार गरिएको एकीकृत सुरक्षा योजना–२०८२ अन्तर्गत चारवटै सुरक्षा निकाय एकसाथ परिचालित भएका हुन्।
निर्वाचन प्रयोजनका लागि भर्ना गरिएका निर्वाचन प्रहरी पनि सुरक्षामा खटाइनेछन्।

योजनाअनुसार मतदानस्थलको भित्री सुरक्षाको जिम्मेवारी नेपाल प्रहरी र निर्वाचन प्रहरीलाई दिइएको छ। सशस्त्र प्रहरी बल दोस्रो तहमा रहनेछ भने बाहिरी सुरक्षाको जिम्मा नेपाली सेनाले सम्हाल्नेछ।

सिफारिस

ताजा समाचार

लोकप्रिय