काठमाडौँ । काठमाडौँ उपत्यकाको सहरी विकास ऐतिहासिक आत्मा र सांस्कृतिक संवेदनशीलतासँग जोडेर अघि बढाउनुपर्नेमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री माधवप्रसाद चौलागाईंले जोड दिएका छन्।
उनले काठमाडौँ शताब्दीऔँ पुराना परम्परा, संस्कृति र आधुनिकताको संयोजन भएको सहर भएकाले यहाँ सवारी केन्द्रित नभई मानव केन्द्रित योजना आवश्यक रहेको बताए।
गोष्ठीमा मन्त्री चौलागाईंले योजना कार्यान्वयनका क्रममा समन्वय अभावका कारण समस्या उत्पन्न हुने उल्लेख गर्दै योजनाकार, इञ्जिनियर र संरक्षणविद्बीच नियमित संवाद हुनुपर्ने आवश्यकता औँल्याए।



















