शनिबार, माघ २४, २०८२
प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन टिकटकसँग ऐतिहासिक सम्झौता

काठमाडौँ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रविधिको दुरुपयोग रोक्न निर्वाचन आयोग र टिकटकबीच सहकार्य भएको छ।

आयोगले आज टिकटकसँग समझदारीपत्र आदानप्रदान गर्दै सामाजिक सञ्जालमार्फत फैलन सक्ने मिथ्या सूचना, आचारसंहिता उल्लङ्घन र हानिकारक सामग्री नियन्त्रणमा संयुक्त रूपमा काम गर्ने जनाएको छ।

कार्यक्रममा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई र टिकटकका सामाजिक नीति तथा सरकारी सम्बन्ध प्रमुख फेर्दोस अल मत्ताकिनले समझदारीपत्र आदानप्रदान गरेका थिए।

सिफारिस

ताजा समाचार

लोकप्रिय