काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानको औपचारिक भ्रमणका क्रममा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता सम्पन्न गर्नुभएको छ।
भ्रमणका क्रममा उहाँले जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाए र विदेश राज्यमन्त्री होरिइ इवाओसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो।
यसका साथै राष्ट्रपति पौडेलले जापानी व्यापारिक समुदाय, जापानस्थित नेपाली समुदायका कार्यक्रमलाई सम्बोधन गर्दै टोकियोस्थित नेपाली राजदूतावासको अवलोकनसमेत गर्नुभएको थियो।























