सोमबार, बैशाख ०७, २०८३
अर्थमन्त्री खनालद्वारा निर्वाचन तयारीमा जुट्न सबैलाई आग्रह, नागरिकले भयरहित मतदान गर्न पाउने आश्वासन

बागलुङ । अर्थमन्त्री रामेश्वर खनालले निर्वाचनको तयारीमा सरोकार भएका सबै पक्षलाई निर्धक्क भएर जुट्न आग्रह गर्नुभएको छ।

बागलुङमा स्थलगत अनुगमनका क्रममा मन्त्री खनालले आमनागरिकले शान्तिपूर्ण वातावरणमा मतदान गर्न सक्ने व्यवस्था सरकारले गरिरहेको जानकारी दिनुभयो। उहाँले नागरिकले भयरहित वातावरणमा मताधिकार प्रयोग गर्न पाउनेमा सबैलाई विश्वस्त रहन आग्रह गर्दै चुनाव तयारीमा जुट्न निर्देशन दिनुभयो।

उहाँले मुख्यम निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयको अनुगमन गर्नुभएको थियो। अनुगमनपछि जिल्लास्थित सुरक्षा समितिको बैठकमा निर्वाचनको समयमा लागू हुने सुरक्षा व्यवस्था, प्रहरी परिचालन र अन्य तयारीबारे जानकारी लिइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो।

अर्थमन्त्री खनालले निर्वाचनमा स्रोत अभाव नहुने स्पष्ट पार्दै भन्नुभयो, “निर्वाचन सफल बनाउनु सबैको कर्तव्य हो। सुरक्षा व्यवस्था र आचारसंहिताको कार्यान्वयन हाम्रो दायित्व हो। सरकारले निर्वाचन भयरहित वातावरणमा सम्पन्न गराउन कुनै कमी राख्दैन। समस्या आए तुरुन्तै समाधान हुनेछ, यसको लागि आपसी समन्वय र सहकार्य आवश्यक छ। नागरिकले सहज वातावरणमा मतदान गर्न सक्नुपर्छ।”

सिफारिस

ताजा समाचार

लोकप्रिय