काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ को कार्यान्वयनलाई जिल्लास्तरमा प्रभावकारी बनाउन ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आचारसंहिता अनुगमन अधिकृत तोकेको छ।
सोहीअनुसार गृह मन्त्रालयले उनीहरूलाई आफ्नो जिम्मेवारी सक्रिय र प्रभावकारी ढंगले निर्वाह गर्न निर्देशन दिएको छ।























