सोमबार, माघ २६, २०८२
तेस्रो पटक टी–२० विश्वकप खेल्दै नेपाल, आज बलियो इङ्ल्यान्डसँग भिडन्त

काठमाडौँ । आइसिसी टी–२० विश्वकप २०२६ मा नेपालले आजबाट आफ्नो अभियान सुरु गर्दैछ। नेपालले पहिलो खेलमा बलियो टोली इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। खेल मुम्बईको वानखेडे स्टेडियममा दिउँसो सवा ३ बजे सुरु हुनेछ।

टोली खेलका लागि तयार रहेको कप्तान रोहित पौडेलले जानकारी दिनुभएको छ। नेपाल समूह ‘सी’ मा रहेको छ, जहाँ इङ्ल्यान्ड र वेस्ट इन्डिजजस्ता बलिया टोलीसँगै इटाली र स्कटल्यान्ड पनि छन्।

नेपालले माघ २९ गते इटाली, फागुन ३ गते वेस्ट इन्डिज र फागुन ५ गते स्कटल्यान्डसँग खेल्ने तालिका रहेको छ। समूह चरणका सबै खेल वानखेडे स्टेडियममै हुनेछन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय