काठमाडौँ । साताको दोस्रो कारोवार दिन आज पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से २६ दशमलव ०५ अङ्कले ओरालो लाग्दै २ हजार ६७२ दशमलव ३९ बिन्दुमा कायम भएको छ।
आज ३२४ कम्पनीका दुई करोड ६७ लाखभन्दा बढी कित्ता शेयर एक लाखभन्दा बढी पटक कारोबार हुँदा कुल १० अर्ब ७७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ।
कारोबार भएका समूहहरूमध्ये व्यापार समूह मात्रै सामान्य बढेको छ भने बाँकी सबै समूहका उपसूचक घटेका छन्। २१२ कम्पनीको शेयर मूल्य घट्दा ४२ कम्पनीको मात्रै बढेको छ।























