काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै चेतनामूलक टिकटक भिडियो प्रतियोगिता आयोजना गरेको छ।
निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षाका उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा उत्कृष्ट तीन भिडियो चयन गरी नगद पुरस्कार प्रदान गरिने आयोगले जनाएको छ। भ्युजका आधारमा विजेता छनोट गरिनेछ। पहिलो हुनेलाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रो हुनेलाई २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
भिडियोमा निर्वाचन प्रचारप्रसार, आचारसंहिता तथा मतदाता शिक्षा सम्बन्धी विषय समावेश हुनुपर्नेछ। एक मिनेटसम्मको भिडियो तयार गरी टिकटकसँगै युट्युब र फेसबुकमा पनि अपलोड गर्नुपर्नेछ। सो भिडियोको लिंक फागुन ३ गतेदेखि १७ गतेभित्र आयोगको इमेल tiktok@ecn.gov.np मा पठाउनुपर्ने व्यवस्था गरिएको छ।
























