बुधबार, माघ २८, २०८२
गुल्मीको कालीगण्डकी नदी किनारमा मानव कंकाल फेला

काठमाडौँ । गुल्मीको कालीगण्डकी गाउँपालिका–४ स्थित कालीगण्डकी नदी किनारमा मानव कंकाल फेला परेको छ।

सोमबार दिउँसो स्थानीयले घुमाउने भनिएको स्थानमा ढुंगाको चेपभित्र मानव कंकाल देखेपछि जिल्ला प्रहरी कार्यालय गुल्मीमा जानकारी दिएका थिए।

सूचना पाए लगत्तै प्रहरी चौकी पूर्तिघाटबाट टोली घटनास्थलमा पुगेको थियो र आवश्यक सुरक्षा प्रदान गरेको थियो। त्यसपछि इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक ज्ञानबहादुर माझीको नेतृत्वमा अर्को टोली अनुसन्धानका लागि घटनास्थल पुगेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय