काठमाडौँ । राष्ट्रियसभाले ‘चलचित्र विधेयक, २०८१’ सर्वसम्मत रूपमा पारित गरेको छ। आज बसेको बैठकमा प्रधानमन्त्री तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीका तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले विधेयक पारित गरियोस् भनी प्रस्ताव पेश गर्नुभएको थियो।
प्रस्तावमाथि छलफलपछि सभाध्यक्ष नारायणप्रसाद दाहालले विधेयक सर्वसम्मतिले पारित भएको घोषणा गर्नुभयो। सभाको अर्को बैठक फागुन १ गते शुक्रबार दिउँसो १२ः१५ बजे बस्ने तय गरिएको छ।























