काठमाडौँ । लमजुङको मस्र्याङदी गाउँपालिका–९ मिर्चेमा जिप दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ।
क्होलासोँथार गाउँपालिका–४ भुजुङबाट सदरमुकाम बेसीशहरतर्फ आउँदै गरेको ग १ ज ५०६५ नम्बरको जिप दुर्घटनामा परेको हो।
दुर्घटनामा परी ७४ वर्षीया मलकुमारी गुरुङको ज्यान गएको प्रहरीले जनाएको छ। जिपमा चालकसहित १० जना सवार थिए, जसमा अन्य आठ जना घाइते भएका छन्।























