काठमाडौँ । बङ्गाबगडस्थित सामुदायिक प्रहरी सेवा केन्द्रमा कार्यरत हवल्दार योगेन्द्र घर्तीको हत्या प्रकरणमा अनुसन्धान जारी छ।
मङ्गलबार साँझ राजेन्द्र डडाललाई नौगाडबाट पक्राउ गरिएको प्रहरी निरीक्षक हेमराज भट्टले जानकारी दिएका छन्।
यसअघि पक्राउ परेकामा २० वर्षीया दिपिका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बम रहेका छन्। घटनामा संलग्न अन्य तीन जना भने अझै फरार रहेको प्रहरीले जनाएको छ।























