काभ्रे । जिल्लाको पनौती नगरपालिका–९ सुनथानबाट प्रहरीले जुवा (तास) खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ ।
पनौती नगरपालिका–९ सुनथानस्थित सुरेश कुमार श्रेष्ठको घरमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूबाट ३ गड्डी तास र नगद ३ लाख ४५ हजार रुपैयाँ बरामद गरिएको छ।
पक्राउ पर्नेमा पनौती नगरपालिका–९ सुनथानका ४१ वर्षीय सुरेश कुमार श्रेष्ठ, ४९ वर्षीय लक्ष्मण हुमागाईं, ३५ वर्षीय सुशिल राई र ३३ वर्षीय चन्द्र कार्की रहेका छन्।
त्यसैगरी, पनौती नगरपालिका–५ का ५४ वर्षीय नातिराम के.सी. र भक्तपुरको सूर्यविनायक नगरपालिका–१ का ५५ वर्षीय मनोज बाँनिया पनि पक्राउ परेका छन्।
पक्राउ परेका ६ जनालाई बरामद तास तथा नगद रकमसहित इलाका प्रहरी कार्यालय बनेपा, काभ्रेपलाञ्चोकमा ल्याइएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

