शनिबार, कार्तिक २१, २०८३
कांग्रेसले कुनै विधि र प्रक्रिया मिचेको छैन : विश्वप्रकाश शर्मा

काभ्रे । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनदेखि १५औँ महाधिवेशनसम्म पार्टीले कुनै पनि विधि, विधान र प्रक्रिया नमिचेको दाबी गरेका छन् ।

नेपाली कांग्रेस काभ्रे जिल्ला कार्यसमितिद्वारा आयोजित बधाई तथा बृहत् रक्तदान कार्यक्रममा सम्बोधन गर्दै शर्माले महाधिवेशनका सम्पूर्ण काम इमानदारितापूर्वक विधि र विधानअनुसार सम्पन्न भएको बताए ।

उनले सामाजिक सञ्जालमा पार्टीका नेताहरूलाई जोडेर फैलाइने अपुष्ट आरोप र हल्लाको पछि नलाग्न नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

शर्माले गगन थापा र आफूविरुद्ध करोडौँ रुपैयाँ लेनदेन भएको भन्दै गरिने प्रचारप्रति प्रश्न उठाउँदै त्यस्ता आधारहीन कुरामा विश्वास नगर्न पनि आग्रह गरे ।

‘ढुक्क मान्नुहोला, नेपाली कांग्रेसको विशेष महाधिवेशनदेखि १५औँ महाधिवेशनसम्म पुग्दा पार्टीको विधि, विधान र प्रक्रियाअनुसार इमानदारितापूर्वक सबै काम भएको छ,’ शर्माले भने ।

उनले कांग्रेसले अब देशका लागि नयाँ सपना र परिवर्तनको हुटहुटी बोकेर अघि बढ्ने पनि बताए ।

सिफारिस

ताजा समाचार

लोकप्रिय