काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले काग तिहारको अवसरमा शुभकामना दिँदै चाडपर्वले सत्य, न्याय र इमानदारीको बाटोमा अघि बढ्न प्रेरणा दिने बताएका छन्।
उनले पशुपन्छीप्रतिको प्रेम, सम्मान र सहअस्तित्व नेपाली संस्कृतिको महत्त्वपूर्ण पक्ष भएको उल्लेख गर्दै काग तथा कुकुरजस्ता जीवप्रति कृतज्ञता व्यक्त गर्ने परम्परालाई निरन्तरता दिनुपर्ने बताएका छन्।

