काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युत् आपूर्ति सहज हुने जनाएको छ। लक्ष्मीपूजाको साँझ विद्युत्को अधिकतम माग करिब १ हजार ७०० मेगावाट पुग्ने अनुमान गरिए पनि आन्तरिक उत्पादन २ हजार ५०० मेगावाट हुने प्रक्षेपण गरिएको छ।
तिहार तथा छठ पर्वमा विद्युत् सेवा नियमित राख्न प्राधिकरणले प्राविधिक टोलीलाई तयारी अवस्थामा राख्नुका साथै सम्भावित समस्या तत्काल समाधान गर्न निर्देशन दिएको छ। साथै, विद्युत्सम्बन्धी गुनासो छिटो सम्बोधन गर्न नो लाइट सेवासमेत प्रभावकारी बनाउन भनिएको छ।

