बिहिबार, माघ २९, २०८२
रामेछापमा बस दुर्घटना पछि पीडित परिवारद्वारा आन्दोलन

काठमाडौँ । रामेछापको मन्थली नगरपालिका–६ मसानटारमा भएको बस दुर्घटनापछि पीडित परिवार आन्दोलनमा उत्रिएका छन्। उनीहरूले आफ्ना माग सम्बोधन गर्न दबाब दिँदै जिल्लाभर सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन बन्द गराएका हुन्।

यातायात बन्दका कारण मन्थली–काठमाडौं, मन्थली–खुर्कोट लगायतका मुख्य सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। लामो दूरीका सवारीसाधन सञ्चालन हुन नसक्दा यात्रुहरू समस्यामा परेका छन्।

पीडित परिवारले मृतकका परिवारलाई क्षतिपूर्ति, घाइतेहरूको निःशुल्क उपचार र निष्पक्ष छानबिनको माग गरेका छन्।

 

सिफारिस

ताजा समाचार

लोकप्रिय