शुक्रबार, फाल्गुण ०१, २०८२
रामेछाप बस दुर्घटनाका पीडितसँग सहमति

काठमाडौँ । मन्थली नगरपालिका–६ मसानटार नजिकै भएको बस दुर्घटनाको विषयमा सरोकारवाला पक्षबीच ११ बुँदे सहमति भएको छ। सहमतिसँगै पीडित परिवारले विरोधका कार्यक्रम स्थगित गर्दै शव बुझ्ने निर्णय गरेको छ।

जिल्ला प्रशासन कार्यालयमा सम्पन्न छलफलमा पीडित परिवार, जनप्रतिनिधि, यातायात व्यवसायी र प्रशासन सहभागी भएका थिए। सहमतिपत्रमा मृतकका परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने, घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्ने र दुर्घटनाको निष्पक्ष छानबिन गरी कानुनी प्रक्रिया अघि बढाउने विषय समावेश छन्।

प्रशासनले सहमति कार्यान्वयनमा प्रतिबद्धता जनाएको छ भने स्थानीय स्तरमा देखिएको तनाव क्रमशः कम हुँदै गएको बताइएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय