शुक्रबार, फाल्गुण ०१, २०८२
फागुन २१ को निर्वाचन तयारी तीव्र, छपाइ सामग्री वितरणको तयारी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी तीव्र पार्दै निर्वाचन आयोगले आवश्यक छपाइ सामग्री प्राप्त गर्न थालेको छ।

नेपाल प्रज्ञा प्रतिष्ठानको छापाखानामा छापिएका विभिन्न निर्देशिका र कानुनी सामग्रीहरू आयोगमा आइपुगेको सहायक प्रवक्ता कुलबहादुर जिसीले बताउनुभयो। पहिलो चरणमा पाँच हजार प्रति सामग्री प्राप्त भएको र बाँकी सामग्री क्रमशः आउने उहाँको भनाइ छ।

आयोगले छपाइ सामग्री अन्य निर्वाचन उपकरणसँगै देशभरका ७७ जिल्लामा पठाउने तयारी गरिरहेको छ। यसैबीच मतपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्रमा जारी रहेको जानकारी दिइएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय