काठमाडौँ । देउखुरीको गढवा गाउँपालिका–१ कालाकाटे क्षेत्रमा टिपर र अटोरिक्सा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा पाँच जना घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार दुर्घटनामा अटोरिक्सा चालक जोरकुमार पुनको ज्यान गएको हो।
भालुवाङबाट कालाकाटेतर्फ गइरहेको टिपरले विपरीत दिशाबाट आइरहेको अटोरिक्सालाई ठक्कर दिएको बताइएको छ। दुर्घटनामा संलग्न सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।























