शनिबार, फाल्गुण ०२, २०८२
१७० रनको लक्ष्य पछ्याउँदै अष्ट्रेलिया अलआउट, जिम्बाबे विजयी

काठमाडौँ । ICC Men’s T20 World Cup अन्तर्गत आज भएको खेलमा जिम्बाबेले अष्ट्रेलियामाथि शानदार जीत हात पारेको छ।

टस हारेर पहिले ब्याटिङ गर्ने अवसर पाएको जिम्बाबेले निर्धारित २० ओभरमा १६९ रनको प्रतिस्पर्धात्मक योगफल तयार गरेको थियो।

१७० रनको लक्ष्यसहित मैदान उत्रिएको अष्ट्रेलिया निर्धारित लक्ष्य पूरा गर्न असफल रह्यो। अष्ट्रेलियाको टोली १९ दशमलव ३ ओभरमा १४६ रनमै अलआउट भएपछि जिम्बाबेले २३ रनको महत्वपूर्ण जीत दर्ता गर्यो।

यस जितसँगै जिम्बाबेले प्रतियोगितामा आफ्नो दाबेदारी बलियो बनाएको छ भने अष्ट्रेलियालाई भने अप्रत्याशित हार व्यहोर्नु परेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय