काठमाडौँ । वातावरणविद् भुषण तुलाधारका अनुसार काठमाडौँमा वायु प्रदूषण बढ्नुमा यातायात क्षेत्रको प्रमुख भूमिका रहेको छ।
सवारीसाधनबाट निस्कने धुवाँले प्रदूषण प्रत्यक्ष रूपमा बढाउने उहाँको भनाइ छ। साथै, इँटाभट्टा सञ्चालन, फोहोर जलाउने प्रवृत्ति र डढेलोको मौसमले पनि प्रदूषण बढ्ने जोखिम रहेको उहाँले बताउनुभयो।
यस्तै, प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार सार्वजनिक बिदाका दिन करिब १० प्रतिशतले सवारी चाप घट्ने गरेको छ। विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै जानुले दीर्घकालीन रूपमा प्रदूषण घटाउन सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।



















