सोमबार, बैशाख ०७, २०८३
टुँडिखेलबाट प्रधानमन्त्रीको सन्देश: लोकतन्त्रले नतिजा दिनुपर्छ

काठमाडौँ । ७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्र व्यवहारमा संस्थागत हुन नसक्दा नेपाली जनताले पटक–पटक आन्दोलन गर्नुपरेको टिप्पणी गर्नुभएको छ ।

उहाँले लोकतन्त्रको नाममा विभेद, नातावाद र भ्रष्टाचार जोगाइँदा विद्रोह जन्मिने स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री कार्कीले युवाको आवाजलाई दबाएर राष्ट्र अघि बढ्न नसक्ने उल्लेख गर्दै जेन–जी युवाले उठाएका सुशासन, समन्याय र पारदर्शिताका मागलाई राज्यले गम्भीर रूपमा लिनुपर्ने बताउनुभयो ।

लोकतन्त्रले नागरिकको दैनिक समस्यामा समाधान दिन नसके त्यसको औचित्य कमजोर हुने उहाँको भनाइ थियो ।

 

सिफारिस

ताजा समाचार

लोकप्रिय