काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता शिक्षालगायत कार्यक्रम प्रभावकारी बनाउन देशभरका स्थानीय तहले सहजीकरण र समन्वय बढाएका छन् ।
निर्वाचन आयोगले फागुन ३ देखि १७ गतेसम्म ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा एक–एकजना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरेको छ ।
ती स्वयंसेवकले नमूना मतपत्रमार्फत घरदैलोमा पुगेर मतदान प्रक्रिया र निर्वाचनको महत्वबारे जानकारी गराइरहेका छन् ।
आयोगले ‘निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८’ अनुसार मतदाता शिक्षा विशेष कार्यक्रम कार्यान्वयनमा ल्याएको जनाएको छ ।



















